एयर काष्ठमण्डपका चालक अन्तिम सस्कार गरियो

IMG_4246कालिकोटमा आकष्मिक अवतरणका क्रममा ज्यान गुमाएका एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेको अन्तिम दाहसँस्कार गरिएको छ ।

न्यौपानेको शब पोष्टमार्टमका लागी काठमाण्डौ लगिएको थियो । त्रिबी शिक्षण अस्पतालमा पोष्टमार्टम पछी न्यौपानेको शब नेपालगन्ज ल्याइएकोे हो । हेलीकप्टर मार्फत न्यौपानेको शब ल्याएपछी नेपालगन्ज बिमानस्थलमा शब हेर्नेहरुको भिड लागेको थियो । नेपालगन्ज बिमानस्थलबाट नेपालगन्ज उद्योग बाणिज्य संघको शब बाहनमा न्यौपानेको शबलाइ घर सम्म पुराइएको थियो ।

न्यौपानेको अन्तिम सँस्कारमा सहभागि हुनका लागी उनको घर नेपालगन्ज १६ मुक्तिपुरमा सयौको सँख्यामा भिड लागेको थियो । न्यौपानेको शब लिएलगत्तै घरपरिवारमा रुवाबासी मच्चिएको थियो । न्यौपानेको शबलाइ आइतवारनै राप्ति नदिको सिधनिया घाटमा अन्तिम दाहसँस्कार गरिएको छ ।

नेपालगन्जबाट जुम्ला जाने क्रममा एयर काष्ठमण्डपको जहाज कालिकोटको चिलखायामा दुर्घटना हुँदा बिमान चालक दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यू भएको थियो ।

दुबै जना पाइलटको मृत्यु भएपनी आकस्मीक अबतर गरि पाइलट द्धयले ९ जना यात्रुहरुहरुलाइ बचाउन सफल भएका थिए । दुर्घटनमा परि घाइते भएका मध्ये २ जनालाइ आइतवार फेरी काठमाण्डौ रेफर गरिएको छ । आइतवार रेफर भएका घाइतेहरु मध्ये जुम्ला चन्दननाथका गणेश भट्टचन र सुनाली भट्टचन रहेका छन् ।

यसअघि थ्प उपचारका लागी २ जनालाइ काठमाण्डौ र १ जनालाइ भारतको लखनउ रेफर गरिएको थियो । अन्य घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गरिएको छ ।