एमालेको मेचि–महाकालि अभियान, कार्यक्रम व्यवस्थापन गर्न एमाले सप्तरीलाई समस्या

– भाडाको घरवाट निकालिए एमाले अध्यक्ष

भाडा घरवाट निकालिए पछि एमाले अध्यक्ष न्यौपाने आफ्ना कार्यकर्ता सहित राज रंगशालामा ।
भाडा घरवाट निकालिए पछि एमाले अध्यक्ष न्यौपाने आफ्ना कार्यकर्ता सहित राज रंगशालामा ।

राजविराज ।

नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपाने डेरा बस्दै गरेको नेपाल रेडक्रस सोसाईटी सप्तरीको भवनवाट शनिवार विहानै निकालिए । आफ्नो केहि नेता कार्यकर्तासँग बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाईटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले घरबाहिर निकालेका हुन् ।

 

घरवाट निकालिए पछि न्यौपाने आफ्ना थोरै नेता कार्यकर्ता सहित त्यहि छेउमै रहेको राजरंगशालाको फिल्डमै दिनभर जसो देखिए ।

 

‘मैन्छे भएकै ठाउँमा मैन्छे आउने हो, म पार्टीको अध्यक्ष भएपछि म सँग भेटन मेरा नेता कार्यकर्ताहरु मेरो घर आईहाल्छन नी’, एमाले अध्यक्ष न्यौपानेले भने, ‘यो बदनियत पुर्ण तरिकाले अपमानित गर्न मात्रै खोजिएको हो ।’ यता रेडक्रसका सभापति जोगेन्द्र भगत भने झन् आक्रोशित दैखिए । ‘मैले रेडक्रसको यो भवन जगदम्बा टेकनिकल इन्सटिच्यूट चजाउन दिएको हुँ, पार्टी कार्यालय खोल्नका लागि हैन’, भगनले भने, ‘रेडक्रसले आफ्नो हाता भित्र कुनै पनि राजनीतिक कार्यक्रम हुनदिदैन, त्यसैले हामि उनीहरुलाई निकालेका हौ ।’

 

मेचि–महाकालि अभियान अन्तर्गत एमाले अध्यक्ष केपी ओली सप्तरी आउने तय भएपछि मोर्चाले त्यस विरुद्ध थालेको सशक्त प्रतिकारका कारण पछिल्लो दुई दिन यता एमालेका नेता कार्यकर्तालाई यस्तै समस्याहरु झेल्नुपर्ने स्थिती आएको छ । एमाले पार्टी निकटको विश्वस्त स्रोतका अनुसार २३ गते एमाले अध्यक्ष ओली समेत सहभागि हुने मञ्चीय कार्यक्रमका लागि मञ्च वनाउन जिम्मा लिएका टेन्ट हाउस, कार्यक्रममा साउण्डको जिम्मेवारी लिएका लगायतकाले विभिन्न समस्या देखाउँदै बेना(एडभान्स) फिर्ता गरिदिएका छन् । त्यस्तै कार्यक्रममा सहभागिहरुलाई ल्याउन भाडा गरिएका बस, ट्रक, ट्रायकटर जिप सहितका सबारी साधन संचालकहरुले पनि काम गर्न नसक्ने भनि पैसा फिर्ता गरिदिएका छन् ।

 

ओलीको कार्यक्रमका लागि साउण्डको जिम्मा लिएका सञ्चालक बेलचन मण्डल आफै पनि मधेश आन्दोलनका घाईते हुन् । आफ्नो अनुपस्थितीमा कर्मचारीहरुले जिम्मा लिएको वताउँदै जानकारी पाए लगत्तै आफुले नाई भनेको मण्डलले सुनाए । आफ्नै खुशिले विभिन्न जिम्मेवारीवाट मुक्त भएको भनि व्यापारीहरुले भने पनि यस पछाडी मोर्चाको कडा प्रतिवादको नीति कारक रहेको जानकारहरुको टिप्पणी छ । यद्यपी यसवारे पार्टीका कुनै पनि नेताले औपचारीक टिप्पणी गर्न चाहेनन् । एमाले जिल्ला तहकै एक नेताले जानकारी गराए अनुसार २३ गतेको कार्यक्रमका लागि सम्पुर्ण सामग्री सप्तरी वाहिरैवाट ल्याउने तयारी भईरहेको छ ।

 

राज रंगशालामा पूर्व प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम राखेको भनि एमालेले प्रचार प्रसार गरेपनि हाल सम्म मञ्च निर्माणको कार्य समेत शुरु गर्नसकिएको छैन । यसका अतिरीक्त एमाले नेता कार्यकर्ताहरु आन्तरिक सुरक्षाको चिन्ताले समेत त्रसित देखिएको छ । औपचारीक रुपमा खुलेरै नबोल्न चाहेपनि नेताहरु सुरक्षाको त्रास सहजै अनुभव गर्न सकिन्छ । शुक्रवार एमाले सप्तरीका सह सचिव प्रतापनारायण चौधरीलाई कालोमसो गर्नुका साथै एमाले सांसद रञ्जु झा ठाकुरको गाडी माथि समेत मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए । त्यस्तै विहिवार दुवै पक्षविच झडप नै हुन पुगेको थियो । उक्त घटनाहरु पश्चात सडकमा एमाले नेता कार्यकर्ताहरुको उपस्थिती एकदमै पात्लो भएको छ । एमाले नेता सुमन प्याकुरेल सहितकाहरुको घरमा सुरक्षाकर्मीहरुको निकै बाक्लो उपस्थिती रहेको छ भने नेताहरुको सुरक्षाका निम्ती समेत सुरक्षा निकाय चुस्त देखिएको एमाले अध्यक्ष गोबिन्द न्यौपानेले वताए ।

 

कार्यकर्ता तान्न गाउँ केन्द्रीत भए मोर्चाका नेता

मोर्चा सम्बद्ध युवा तथा विद्यार्थीहरुले निकाले मोटर साईकल ¥याली ।
मोर्चा सम्बद्ध युवा तथा विद्यार्थीहरुले निकाले मोटर साईकल ¥याली ।

एमाले अध्यक्ष ओलीलाई प्रतिकारका निम्ती आगामि २३ गतेलाई मोर्चाले आह्वान गरेको चक्का जाम तथा लाठी जुलुश सफलताका लागि ठुला संख्यामा कार्यकर्ता जुटाउन मधेशी मोर्चाका ठुला नेताहरु गाउँ तिर केन्द्रीत भएका छन् । मोर्चा निकटका युवा तथा विद्यार्थी नेताहरुले सदरमुकाममा दिनभरी जसो पटक पटक गरी मोटरसाईकल ¥याली तथा लाठी लिएर प्रदर्शन गरिरहँदा नेतृत्व वर्ग भने गाउँ गाउँमा कार्यकर्ता जुटाउन केन्द्रीत देखिए ।

कालो झण्डका लागि कपडा किन्नुका साथै अन्य तयारीवारे छलफल गर्दै मोर्चाका नेताहरु ।
कालो झण्डका लागि कपडा किन्नुका साथै अन्य तयारीवारे छलफल गर्दै मोर्चाका नेताहरु ।

सदभावना पार्टीका बरिष्ठ नेता मृगेन्द्रकुमार सिंह यादव, तराई मधेश लोकतान्त्रीक पार्टीका सह–महामन्त्री जयप्रकाश ठाकुर, संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश प्रादेशिक मुख्य सचिव शम्भु झा, मोर्चाका संयोजक दिनेशकुमार यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, दिपेन्द्र चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल सहितकाहरु गाउँ गाउँमा गएर युवाहरुलाई आन्दोलनसँग जोडने प्रयासमा लागेका छन् । ‘युवाहरुलाई मोटिभेट गर्नुका साथै, मोटर साईकल व्यवस्थापन, लाठी वनाउने लगायतका तयारीहरुलाई तिव्रता दिएका छौ’, रामसपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले भने, ‘२३ गते कम्तीमा ५ हजार युवालाई लाठी सहित प्रदर्शनमा सहभागि गर्ने योजना अनुरुप हामिले तयारी थालेका छौ ।’