एनसेलले सरकारलाई कर वापत ९ अर्ब ९६ करोड बुझाए

ncellनिजी क्षेत्रीको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई अग्रिम कर कट्टी वापत ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ बुझाएको छ ।
करदाता कार्यालय ललितपुरका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम बुझाएको हो । यो १५ प्रतिशत रकम रहेको दाबी गर्दै बुझाएको पौडेलले जानकारी दिए ।

बाँकी १० प्रतिशत बिक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी छ । हालै मलेसियाको एक्जियटाले टेलियासोनेरा तथा भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो ।

उक्त कारोबार वापत एनसेलले पूँजीगत लाभकर सरकारलाई तिर्नु पर्छ । पर्दैन भन्नेबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमासमेत बहस भएको थियो । एनसेलले आजसम्म खरिदको १५ प्रतिशत स्रोतमा कर कट्टी गरी सरकारलाई बुझाउनु पर्ने थियो ।