एक वर्षको अवधिमा सप्तरीमा १३१ वटा घटना

Nar Bd. Khadakaएक वर्षको अवधिमा संकलित १३१ ओटा घटनामा काकीबाट १ बालकको हत्या, पतिबाट २ र ससुराबाट १ तथा अज्ञातबाट १ महिलाको हत्या भयो । १ बालिका अपहरण, ९ बालिकाको बलात्कार, ७ बालिकाको बलात्कार प्रयासका साथै महिला बलात्कारका १४, बलात्कार प्रयासका ८ र यौन दुव्र्यवहारको १, घरेलु हिंसाका ३९, बहुविवाहका ७, कथित बोक्सीको आरोपका २, जातिय छुवाछुतको १, गर्भपतनको १, बाल विवाहका २, कुटपिट–दुव्र्यवहारका ४, नागरिक तथा राजनीतिक अधिकारका ११ तथा भौतिक संरचना, सम्पति क्षतिका १६ घटना संकलित भए । क्षतिका १६ घटनामा ४५ वटा सवारी साधन, कार्यालय भवनलगायतमा नोक्सान भयो ।

 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्व समिक्षा कार्यक्रम तथा मानवअधिकार अवस्था विषयक छलफल आइतवार राजविराजमा आयोजना गरियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण, अनुगमन गर्दै विश्वमा नै उत्कृष्ट मानवअधिकार बर्ष पुस्तक हरेक वर्ष फागुन ७ गते प्रकाशित गर्दै आएको छ । सोही क्रममा प्रकाशन पूर्व नेपाल मानवअधिकार बर्ष पुस्तक २०१८ को वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम गर्न गइरहेका छौ ।

इन्सेक सप्तरीले २०१७ मा जिल्लामा भएका मानवअधिकार हनन्, उल्लंघन तथा ज्यादतीका घटनाहरुलाई सत्यतथ्य परक तथा पूर्णता र आधिकारिकता दिने उद्देश्यले पूर्व समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
यस अवधिमा सुरक्षाकर्मीको गोलीले पाँचजनाको हत्या, चारजना घाइते, प्रगतिशील तराई मुक्ति मोर्चाको गोली प्रहारबाट एक घाइते र एक एम्बुस विष्फोट, तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) बाट दुई बम विष्फोटको घटना भए ।

मलेठ गाविस–२ का २६ वर्षीय सन्जन मेहता, मलेठ गाविस–४ का ५० वर्षीय पिताम्बर मण्डल, प्रसवनी गाविस–४ का ४२ वर्षीय डिमन स्वास्थ्य चौकीका सिअहेव आनन्दकुमार साहको ०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीको आह्वानमा नेकपा (एमाले) को मेची महाकाली अभियान विथोल्न उत्रिएका प्रदर्शनकारीसँग बसविट्टी गाविस–५ मा भएको झडपमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर मृृत्यु भयोे । गोली लागेर घाइते भएका मलेठ गाविस–२ का ३८ वर्षीय बिरेन्द्र मेहताको फागुन २५ गते र जमुनी मधेपुरा गाविस–२ कोटबीका ५७ वर्षीय इन्द्र भनिने इनरदेव यादवको फागुन २७ गते उपचारका क्रममा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो ।

मृतक परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने सरकारको घोषणाबमोजिम मृतकहरुलाई सहिद घोषणा गर्दै मृतक परिवारलाई जेठ ३ गते क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँको चेक दियो । सोही घटनामा सुरक्षाकर्मीको गोली लागेर बरही विरपुर गाविस–२ हाटीका दिलिप यादव, राजविराज नपा–६ खर्साल टोलका १३ वर्षीय सुरेन्द्र साह, प्रसवनी गाविस–७ का जिल्ला बार इकाइका कोषाध्यक्ष एवं व्यापारी ४३ वर्षीय दिगम्बर यादव र गोलीको छर्रा लागेर रम्पुरा मल्हनिया गाविस–४ डलवाका अरुणकुमार यादव घाइते भए । घाइतेहरुको धरानस्थित प्रतिष्ठानमा उपचार भयो ।

एक वर्षको अवधिमा संकलित १३१ ओटा घटनामा काकीबाट १ बालकको हत्या, पतिबाट २ र ससुराबाट १ तथा अज्ञातबाट १ महिलाको हत्या भयो । १ बालिका अपहरण, ९ बालिकाको बलात्कार, ७ बालिकाको बलात्कार प्रयासका साथै महिला बलात्कारका १४, बलात्कार प्रयासका ८ र यौन दुव्र्यवहारको १, घरेलु हिंसाका ३९, बहुविवाहका ७, कथित बोक्सीको आरोपका २, जातिय छुवाछुतको १, गर्भपतनको १, बाल विवाहका २, कुटपिट–दुव्र्यवहारका ४, नागरिक तथा राजनीतिक अधिकारका ११ तथा भौतिक संरचना, सम्पति क्षतिका १६ घटना संकलित भए । क्षतिका १६ घटनामा ४५ वटा सवारी साधन, कार्यालय भवनलगायतमा नोक्सान भयो ।

बालिका बलात्कारको ८ घटनामा बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया २ बालिकासहित ९ जना पीडित भए । आरोपित १२ मध्ये पुपक्र्षका लागि ४ थुनामा, २ धरौटीमा, ५ जनालाई वारेण्ट जारी भएको छ भने विवाह गर्ने सहमतिछि पीडित होस्टाइल हुँदा एकले सफाई पाए । बलात्कार प्रयासका ७ घटनामा ५ आरोपित थुनामा, १ धरौटीमा र १ जना हालसम्म फेला परेका छैनन् । बालक्लबको प्रयासमा १ बालविवाह रोकियो भने जिल्ला बाल क्लब सञ्जालकै १ सदस्यले विवाह गरिन्।

महिला बलात्कारको १४ घटनामा सुस्त मनस्थितीकी १९ वर्षीयादेखि ४० वर्षीयासम्म पीडित भइन । आरोपित २५ मध्ये १२ थुनामा, ८ लाई वारेण्ट, दुई बालकसहित तीन धरौटीमा, पीडित होस्टाइलपछि दुई जनाले सफाई पाए । बलात्कार प्रयासका आठ घटनामा १९ देखि ३५ वर्षकी महिलासम्म पीडित भइन् । आरोपित आठमध्ये तीन थुनामा, एकलाई वारेण्ट, दुईलाई धरौटीमा र एक फरार छन् भने एकलाई संस्थाले कारवाही गरेको छ । यौन दुव्र्यवहारको १ घटनामा १ धरौटीमा रिहा भए ।

बहुविवाहको ७ घटनाका १४ आरोपितमध्ये एकलाई कैद, एकलाई सफाई, २ थुनामा, छ धरौटीमा, दुईलाई म्यादी पुर्जी जारी भएको छ भने २ फरार छन् । कथित बोक्सी आरोपको २ घटनामा ७ जनामाथि वारेण्ट जारी छ भने गर्भपतनको १ मुद्दामा ६ आरोपित धरौटीमा रिहा भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राजपाको आन्दोलनका कारण यस अवधिमा संरचना, भौतिक सम्पति क्षति भए भने अभिव्यक्ति, भेला हुने र संगठित हुने अधिकारमा अवरोध पुग्यो । राष्ट्रिय मानवअधिकार आयोगको बा.७ च ७४७३ र ७४७९ नम्बरको गाडी, संसद रन्जु झा चढेको बा.१ झ ८४८९ नम्बरको गाडीमा तोडफोड भयो । राजविराज ९ स्थित लिटिल फ्लावर सेकेण्ड्री स्कुल, प्रमुख निर्वाचन आयुक्तको घर, सांसद सम्पर्क कार्यालय, एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुङ्गामुढा र क्रेस नेपाल कार्यालयको सूचना पाटीमा आगजनी भयो ।

स्थानीय शान्ति समितिको कार्यालय, औधोगिक क्षेत्र, ना.५ ख. ६७१३ नम्बरको बसमा आगजनी भयो । जिल्ला निर्वाचन कार्यालयको बोर्ड र एमाले पार्टी कार्यालयको झण्डामा आगजनी, भूमिसुधार कार्यालय, वन कार्यालयमा आगजनी प्रयास, जिल्ला शिक्षा कार्यालय, नेपाल टेलिकम, मिलन डेरी, राजविराज नगरपालिका कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय, भारदह गाविस–१ सशस्त्र प्रहरीको चेक पोस्ट तोडफोड, राबा बैंकमा पेट्रोल बम प्रहार, ना.५ ख १५१७ नम्बरको बस र ना.५ ख २०१९ नम्बरको बसमा ढुङ्गा प्रहारले सिसा फुट्यो ।

नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको अधिवेशनको उद्घाटनको व्यानर, झण्डा च्यात्दै मोर्चाका कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरे । साह धर्मशालामा आयोजित नेकपा (एमाले) को राजविराज नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरी राजपाका नेता, कार्यकर्ताहरुले तोडफोड र आगजनी गर्दै कार्यक्रम विथोले ।

मलेठ–४ मा फागुन २३ गते इनरुवा नपा–४ का ४८ वर्षीय श्यामदेव मेहताको को.९प ५३८१ नम्बरको मोटरसाइकल, राजविराजस्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सब ईञ्जनियर दामोदर ढकालको स.४प ६०७२ नम्बरको स्कुटी, को.२प ४३४६ नम्बरको मोटरसाइकल, बा.५२प २५१० नम्बरको मोटरसाइकल, स.१प ५८४४ नम्बरको मोटरसाइकलमा आगजनीले पूर्ण नष्ट भयो भने स.६प ११९२ नम्बरको मोटरसाइकल तोडफोड भयो । ना.५ ख २३६९ नम्बरको बस, र सप्तकोशी एफ.एम. को बा.१२ च ९१६८ नम्बरको स्कारपियो गाडीमा तोडफोड भयो ।

बन्द अवज्ञा गरेको भन्दै राजपाका प्रदर्शनकारीहरुले जेठ ३० र ३१ गते ना.६ख २६२५ नम्बरको ट्रक, को. १ ख ३८०४ नम्बरको बस, ना.५ख ११७४ नम्बरको रात्री बसमा ढुङ्गा प्रहार गरे भने असार ४ गते डाकनेश्वरी नगरपालिका वडा नं. १ कार्यालयको स.१ व ५२९ नम्बरको मोटरसाईकल आगजनी गरी पूर्ण क्षति गरे ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुबाट एमालेका नेतालाई कालो मोसो दल्ने, वैठक पुस्तिका खोस्ने, च्यात्ने, घरदैलोलाई रोक्ने, घरमा कालो झण्डा झुण्ड्याउने, वहिष्कार र दुव्र्यवहार गर्ने काम भयो ।