एक महिनापछि मुक्त भए गुरुदयाल भारतीय अपहरणकारी समेत प्रहरीको सिकञ्जामा

अपहरणमुक्त भएका गुरुदयाल महतो
अपहरणमुक्त भएका गुरुदयाल महतो

एक महिना अघि सप्तरीको पन्सेरा गाविस–७ अमहाबाट अपहरणमा परेका लहान नगरपालिका–३ निवासी गुरुदयाल महतोलाई प्रहरीले भारतबाट बुधवार स–कुशल मुक्त गराउन सफल भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी र सिराहा समेतको टोलीको संयुक्त प्रयासमा वहाँलाई भारतको मधुवनी जिल्ला स्थित सुपौल जिल्ला स्थित कुडीबनबाट उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक केदार ढकालको संयोजकत्वमा गठित अनुसन्धान टोलीले महतोको अपहरणका मुख्य योजनाकार भारत मधुवनी जिल्लाको डुमरबाना–१ घर भएका महेन्द्र महतो समेतलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

अपहरणकारी महेन्द्र महतो
अपहरणकारी महेन्द्र महतो

सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी अपहरणकारीसहित अपहरमुक्त भएका ३५ बर्षिय गुरुदयाललाई समेत सार्वजनिक गरिएको छ । बरिष्ठ प्रहरी उपरीक्षक रमेश भट्टराईले भारतीय प्रहरी समेतको मद्दतले गुरुदयालको उद्धारसँगै उनको नातामा मामा पर्ने अपहरणका मुख्य योजनाकार महेन्द्र महतोलाई पक्राउ गर्न सफल भएको वताउनुभयो ।

अपहरीत गुरुदयाललाई बन्धक बनाएर बेहोस पार्ने औषधी खुवाएर राखिएको अवस्थामा भारतीय प्रहरी समेतको मद्दतले उद्धार गरिएको प्रहरीद्वारा गठित अनुसन्धान टोलीका संयोजक प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिनभयो ।

सिरहाको लहानबाट इटहरीकालागि को १ च ६६४१ नम्बरको गुरुदयालको टाटा सुमो भाडामा तीन जना अपरिचित व्यक्तिहरुको समूहले अपहरण कार्तिक २९ गते अपहरण गरेका थिए । राति साढे दश बजेको समयमा नै फर्किने क्रममा वहाँको अपहरण भएको थियो ।