उपमूख्य मन्त्रीमा चर्चा चलेकाे राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशाेरकाे विजयी जुलुस आज

nabalkeshormla (1)प्रदेश नम्बर २ काे सदस्य पदमा भारी मत अन्तरले विजयी हुनुभएका राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशाेर साहकाे विजयी जुलुस अाज सप्तरीमा निकालिएकाे छ ।
उहाँ सप्तरीकाे १(ख) प्रदेश सभा क्षेत्रमा 13647 मत ल्याउँदै विजयी हुनुभएकाे हाे भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बद्रीनारायण महात्मानले 6333 मत ल्याउनुभएकाे थियाे ।

हिजाे राजपा फाेरम सम्मिलित मधेस गठबन्धनले जिल्लाभरि विशाल विजयी जुलुस गरेकाे हाे भने अाज सप्तरी २(ख)मा नवनिर्वाचित प्रदेश सभा सदस्य एवं राजपा वरिष्ठ उपाध्यक्ष नवलकिशाेर साहकाे जुलुस निकालिएकाे हाे ।

सप्तरीकाे पुरानाे सदरमुकाम हनुमाननगरबाट निकालिएको विजयी जुलुस भारदह, याेगिनिया, त्रिकाैल, डिमन, मैनाकडेरी, इनर्वा, रम्पुरा मल्हनियाँसहितकाे ठाउँ परिक्रमा गरेका हुन् । हजाराैं संख्यामा रहेका समर्थकहरुले विजयी जसलुसमा नाँचगानसँगै अातिसबाजीसमेत गरिरहेका छन् । विजयी जुलुसलाई विभिन्न ठाउँमा राेकेर सर्वसाधरण मतदाताहरुले नवनिर्वाचित विधायक साहलाई फुल माला लगाएका थिए भने विधायक साहले मतदातालाई धन्यवादसँगै घाेषणा पत्र बमाेजिम अधिकार र विकासकाे मुद्दामा केन्द्रीत रहने प्रतिबद्भता दाेहर्याए ।nabalkeshormla (2)

नवनिर्वाचित विधायक साहकाे नाम प्रदेश नम्बर २ काे उपमूख्य मन्त्रीमा चर्चा चलेकाे छ । प्रदेश नम्बर २ मा राजपा फाेरमकाे सरकार बन्ने निश्चित भईसकेकाे छ । यसै अवस्थामा सब भन्दा बढी सिट २० जितेका संघीय समाजवादी फाेरमले मुख्यमन्त्री र १५ सिट जित्दै दाेश्राे स्थानमा रहेका राजपाले उपमुख्य मन्त्री लिने चर्चा मधेसमा सुरु भएकाे छ ।