उपनिवेश समाप्त नभए सम्म आन्दोलन : यादव

upendra yadavसंघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्तरिक उपनिवेश समाप्त नहुन्जेल आन्दोलन नरोकिने अठोट व्यक्त गर्नु भएको छ ।

जनकपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले केही गनेचुनेका एउटै समुदायका व्यक्तिहरु मधेशीहरुलाई उपनिवेशमा राखेको भन्दै उपनिवेश समाप्त नभए सम्म आन्दोलन अझै सशक्त पार्दै जाने चेतावनी दिनुभयो । त्यस्तै ११ बुन्दे हाम्रो माँग कार्यान्वयन गर्न सत्ता पक्ष आनाकानी गरिरहेकोले त्यो माँग सम्बोधन नभए नाकाबन्दी जारी रह्ने उहाँले चेतावनी समेत दिनुभयो ।

सरकार आफ्नो पक्ष बलियो बनाउनका लागि अन्र्तराष्ट्रिय जगत संग सहयोग मागेको र अन्र्तराष्ट्रिय समुदाय पनि संविधान अपुरो रहेको जबाव दिदै उहाँहरुलाई खाली हात घुराएको जानकारी गराए । अन्तराष्ट्रिय समुदाय पनि मधेशीहरुको माँग जायज रहेको पटक पटक बताइ रहँदा पनि सरकार माँग सम्बोधन गर्ने मनसायमा नरहेको बताए । उहाँले संविधानमा हस्ताक्षर गरेका संसदहरुले नै संशोधन विधेयक प्रस्तुत गर्नुले संविधान मृत भइ सकेको पुष्टी भएको बताउनु भयो ।

संविधान कार्यान्वयन हुन अगावै नेताहरु संविधानको श्राद्ध गर्न लागी परेको बताए । एउटै समुदाय र एउटै जातका ५ -७ जना व्यक्तिहरु मिलेर संविधान ल्याएको भन्दै उनीहरु मधेशमा नरसंहार गर्न लागी परेको आरोप लगाउनु भयो ।यादवले संविधान कट पेस्ट गरेर होइन मधेशी, थारु, मुस्लिम, जनजाती सबैको मर्म समेटिने गरी संविधान पुनःलेखन गर्नु पर्नेमा जोड दिनुभयो । आउँदो दिनमा मोर्चाले चलो मधेशी घेरो सिंहदरबार लेलो अपना अधिकार नामको कार्यक्रम गर्न लागेको जानकारी समेत गराउनु भयो ।