उदयपुरको जोगिदह उमाविका लागि ३.६१५ करोड भारतीय सहयोग

Ranjit-Rae          २० फरवरी २०१५ मा महामहिम राजदूत रणजीत रायले उदयपुर जिल्लाको जोगीदह गाविसमा श्री जनता उच्च माध्यमिक विद्यालयको विद्यालय भवन शिलान्यास गर्नुभयो ।
नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारकोे सहयोगमा नवनिर्मित उदयपुर जिल्लाको जोगीदह गाविसमा अवस्थित श्री जनता उच्च माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कार्य जिल्ला विकास समिति, उदयपुरले ने.रु. ३.६१५ करोडको लागतमा सम्पन्न गर्नेछ ।
सन् १९५९ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भै सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नती गरिएको श्री जनता उच्च माध्यमिक विद्यालय पूर्वाञ्चल विकास क्षेत्रको उदयपुर जिल्लाको जोगीदह गाविसमा अवस्थित छ । विद्यालयमा हाल उपलव्ध पूर्वाधार जीर्ण तथा सवै विद्यार्थीहरुलाई अटाउन अपर्याप्त रहेको छ । भारतको सहयोगमा नवनिर्मित भवनबाट उदयपुर जिल्लाको १५ गाविसका विद्यालयमा अध्ययनरत ५०% छात्राहरुसहित कूल १२०० भन्दा बढी विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुग्नेछ ।
नेपालको समग्र विकासमा शैक्षिक पुर्वाधार विकासको महत्वमाथि जोड दिदै आफ्नो सम्वोधनको क्रममा भारतका राजदूतले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालित विभिन्न विकास परियोजनाहरुले नेपालका जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
यो विद्यालय भवन निर्माणको अतिरिक्त, भारतको ने.रु. २.९९ करोडको अनुदान सहयोगमा यस जिल्लामा एक परियोजना निर्माण सम्पन्न हुनुको साथै ने.रु. ५.१६ करोडमा ५ ओटा विकास परियोजनाहरु सम्पन्न भैसकेका छन् भने भारतीय सहयोगमा ८ ओटा एम्वुलेन्सहरु समेत यस जिल्लाको लागि प्रदान गरिसकिएको छ । यस बाहेक नेपाल भरिका २३८ भन्दा बढी शैक्षिक संस्थाहरुले भारत सरकारको ६३३ करोड ७० लाखको सहयोग प्राप्त गरिसकेका छन् ।
नेपालमा बढ्दो विकासकोे महत्वलाई आत्मसात गर्दै सो को लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिवद्ध रहेको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५०२ भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।