उच्च माध्यमिक वभनगामाकट्टिको छानो उडाउँदा पठन–पाठन प्रभावित

???????????????????????????????सोमवार राती आएको हावाहुरीका कारण सप्तरीको वभनगामाकट्टि स्थित लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयको छानो उडाएको छ ।
हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको हो । विद्यालयका प्रधानाध्यापक सुर्यनारायण साहले दिएको जानकारी अनुसार हावाले कक्षा ५ र ६ को टिनको छाना उडाएको छ । दुईओटा कक्षाकोठाको छानो उडाएपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको प्रधानाध्यापक साहले बताए ।
यसअघि १२ वैशाखमा आएको महाभुकम्प तथा त्यसपछि आएका पराकम्पनका कारण पनि विद्यालयको पर्खाल भत्किनुका साथै कक्षा कोठाको भित्ताहरुमा समेत क्षति पुगेको थियो । लामो समयदेखि रकम अभावको सामना गर्दै आएको विद्यालयले भुकम्पको क्षतीलाई टालटुल गर्न नपाउँदै हावाहुरीले टिनको छानो उडाएपछि समस्यापछि समस्या थपिएको उनले बताए । विद्यालयको आयश्रोतबाट मर्मत–सम्भार गर्न नसक्ने अवस्था रहेको भन्दै आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन विद्यालयका प्रधानाध्यापक साहले आग्रह गरेका छन् । वि.सं. २००६ सालमा स्थापित उक्त विद्यालयमा करिब १६ सय विद्यार्थी अध्ययनरत छन् ।