इनभेस्टमेन्ट बैंकबाट भूकम्प विस्थापितलाई एक करोड

investment_logoनेपाल इनभेस्टमेन्ट बैंक लिमिटेडले भूकम्पबाट विस्थापितहरुको पुनस्र्थापनाका लागि एक करोड सहयोग प्रदान गर्ने भएको छ । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रसाद पान्डेका अनुसार भूकम्पबाट विस्थापित भएका परिवारलाई जस्ता छाना उपलब्ध गराउनका लागि यो सहयोग प्रदान गरिएको हो ।