इटली र आइसल्याण्ड युरोकप क्वाटर फाइनलमा

yuru-cupइटली र आइसल्याण्ड युरोकप दुई हजार सो¥हको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । गएराति भएका खेलमा बलिया टोलीहरु स्पेन र इग्ल्याण्डलाई पाखा लगाउँदै दुबैले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । फ्रान्समा जारी युरोकप अन्तर्गतको गएरातीको खेलमा इटलीले डिफेन्डिङ च्याम्पियन स्पेनलाई दुई शुन्यले हराउँदा इंग्ल्याण्ड भने नवप्रवेशी आइसल्याण्डसँग दुई एकले पराजित भएको हो ।

लगातार दुई पटकको युरोकप विजेता स्पेनलाई हराउन इटालीका जर्जियो चिलिनी र ग्रासियानो पेलेले एक एक गोल गरे । तेतिसौं मिनेटमा चिलीनीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । इन्जुरी समयमा पेलेले गोल गर्दै इटालीलाई दुई शुन्यको जित दिलाए । जीतसँगै इटालीले सन् २० १२ को फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ । अघिल्लो युरोकपको फाइनलमा इटाली स्पेनसँग चार शुन्यले पराजित भएको थियो ।

इटालीले अब क्वाटरफाइनलमा विश्व विजेता जर्मनीसँग खेल्नेछ । उता नाइसमा भएको खेलमा बलियो प्रतिद्धन्दी इँग्ल्याण्डलाई आइसल्याण्डले पाखा लगायो । खेल शुरु भएको चौथौ मिनेटमा वाइन रुनीले पेनाल्टी मार्फत गोल गरेपछि इङ्ल्याण्डले एक शुन्यको अग्रता लिएको थियो । तर छैटौ मिनेटमा र्यागनर सिगर्डसनले गोल गरेपछि आइसल्याण्डले खेलमा बराबरी गरेको थियो ।

अठारौं मिनेटमा कोलबिन सिगरसनले दोश्रो गोल गरेपछि आइसल्याण्ड पहिलो हाफमा दुई एकले गोलले अगाडि रहेको थियो । दोश्रो हाफमा इङल्याण्डका खेलाडीले गोल गर्ने निकै प्रयास गरेपनि सफल भएनन् । हारसँगै इङल्याण्ड जारी युरो कपबाट बाहिरिएको छ भने आइसल्याण्डले आउँदो सोमवार आयोजक फ्रान्ससँग क्वाटर फाइनल खेल्ने छ ।यसैबीच इंग्ल्याण्डका प्रशिक्षक रोय हड्सनले पदबाट राजिनामा दिएका छन् ।।