आज श्रीकृष्णा जन्मअष्टमी

krishnaआज कृष्ण जन्माष्टमी, देशभर हिन्दु धर्मावलम्बीले कृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाइरहेका छन् । विहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्रजनको घुइचो लागिरहेको छ । भगवान श्रीकृष्ण्को जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले जन्मिएको दिनलाई कृष्ण जन्माष्टकी र रातलाई मोहरात्री भनिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर हालको भारतको मथुरामा भएको थियो । देवकी र बासुदेवका आठौँ सन्तानको रुपमा श्रीकृष्ण जन्मिएका थिए । धार्मिक अभिलेख तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म इशापुर्व ३२२८ तिर भएको मानिन्छ । सनातनी धर्मावलम्बीले श्रीकृष्णलाई भगवान विष्णुको आठौँ अवतार मान्छन् । कंस, पुतना, शिशुपाल लगायतको आसुरी प्रवृत्ति र अत्याचारबाट मानव जातीलाई मुक्ति दिन भगवान विष्णुले मानवरुपमा श्रीकृष्णको अवतार लिएको धार्मिक विश्वास गरिन्छ ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी र बासुदेवलाई कारागरबाट मुक्त गरेका थिए । बाल्यकालदेखि नै विचित्र लिला देखाएका कृष्णले गोपिनी र राधा लगायतका किशोरीसँग प्रसंगका कारण यो महिना प्रेमोत्सोव अर्थात झुलनोत्सवका रुपमा समेत मनाइदै आएको छ । श्रीकृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको स्मरणमा उनलाई हिन्दु धर्मावलम्बीले अगाध श्रद्धा भक्ति अर्पण गर्दै पूजाआजा गर्ने गर्छन् । कुरुक्षेत्रमा कौरवसँगको लडाईमा संलग्न पाण्डबमध्ये अर्जुनलाई श्रीकृष्णले भौतिक जगत र जीवनदर्शनको बारेमा दिएको उपदेश श्रीमद्भागवत गीता हिन्दुृ धर्मावलम्बीकै पवित्र र श्रेष्ठ ग्रन्थमध्ये एक हो । कृष्ण जन्माष्टमीमा विशेषगरी महिलाहरु व्रत बसी राती कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा भजन गाउने गर्छन् । यसो गर्दा श्रीकृष्ण प्रसन्न भई मनोवान्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।