आगलागीबाट तीस लाखको क्षति

 

याेगिनयामा भएकाे अागलागीकाे एक दर्श्य ।
याेगिनयामा भएकाे अागलागीकाे एक दर्श्य ।

सप्तरीको २ नम्वर योगिनियाँ गाविस वडा नम्वर–४ स्थितको बस्तीमा बुधवार राती आगलागी हुँदा करिब ३० लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राती करिब १० बजेको समयमा भएको आगलागीबाट आठ ओटा घर जलेर नष्ट भएको हो । उक्त आगलागीमा परी खतुनियाँ खातुनको एउटा घर र सुनसरीको नरसिंहमा खरिद गर्न लागेको जग्गा पास गराउन बिदेशबाट छोराले पठाएको नगद पाँच लाख रुपैयाँ जलेर नष्ट भएको छ ।
यसैगरी पञ्ची रजक, रामअवतार रजक र मुक्तिलाल रजकको एक–एक ओटा घर जल्नुका साथै खसी, पाडो, भैंसीलगायतका पशु चौपायाहरु समेत जलेर मरेको ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । उनीहरुको दुई थान धान–गहँु दाउनी गर्ने थ्रेसर दुई थान समेत जलेको यसैगरी बुदिस दास, डम्बर शर्मा, मजबुल मियाँ र तजमुल मियाँको एक–एकओटा घर जलेर नष्ट भएको छ । उनीहरुको घरमा रहेको नगद, लत्ताकपडा, फर्निचर, खाद्यान्न सामग्रीसमेत गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी बिहीबार अपरान्ह करिब १२ बजेको समयमा सप्तरीको रम्पुरा–मल्हनिया–८ मा आगलागी हुँदा कपलेश्वर मण्डलको दुई ओटा घर जलेर नष्ट भएको छ । घरमा बाँधिएको खसी, बाख्रासमेत गरी करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय समाजसेवी चन्देश्वर साहले जानकारी दिएका छन् । स्थानीय वासिन्दा तथा सुरक्षा निकायको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
यसै गरी सप्तरीको रमपुरा मल्हनियाँ–८ स्थित दलित वस्तीमा भएको आगलागीमा एक परिवारको दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।