आईजीपीले गरे कडरबोनाको नवनिर्मित भवनको उदघाटन

igp saptariप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिलेकै गतिमा पुनस्निर्माण गर्दा भत्किएका प्रहरीका भवनहरु निर्माण गर्न सयौं वर्ष लाग्ने बताउनुभएका छन् । माओवादी द्वन्द्वका बेला ध्वस्त भएका सात सय प्रहरी भवनहरु मध्ये हाल सम्म दुई सय मात्र बनाउन सकिएको भन्दै अर्यालले यस्तो अनुमान गरेका हुर्नुभएका हुन ।

सप्तरीको इलाका प्रहरी कार्यालय कडरबोनाको नवनिर्मित भवनको उदघाटन गर्नुहुदै महानिरीक्षक अर्यालले द्वन्द्वमा ध्वस्त भएका संरचना पुर्न्निर्माण नहुँदै बैशाख १२ गतेको भूकम्पले मुलुकभरका १ सय ९४ भवन भत्किएको बताउनुभयो । सीमित बजेटको परिधिमा रहेर निर्माण गर्नु पर्ने भएकाले ध्वस्त संरचना निर्माण गर्न सयौं वर्ष लाग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायब महा निरीक्षक माधव जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै पूर्व क्ष्ेत्रमा २ सय ९ बटा ध्वस्त बनाउनुपर्ने भवन मध्ये ६० बटाको निर्माण कार्य पूराभई सञ्चालनमा रहेको र २५ बटा निर्माणको क्रममा रहेको तथा निर्माण गर्न बाँकी अझै १ सय २५ बटा रहेको जानकारी दिनुभयो ।

उक्त अवसरमा जग्गा दाताहरु स्व. अहमद हुसेन, फगुन देवी चौधरी, स्व. पुरन चौधरी थारु र स्व.दसनिवती थारुनी, सूर्य नारायण चौधरी, रामअधिन चौधरी, निर कुमार चौधरीलाई महानिरीक्षक अर्यालले कदरपत्र प्रदान गर्नुभयो ।

भवन निर्माण समितिका अध्यक्ष मो. गुलावको अध्यक्षतामा सम्पन्न भवन उदघाटन कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र प्रसाद यादव, एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, जग्गादाता निर कुमार चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।