अस्त व्यस्त राजविराज औद्योगिक क्षेत्र

1उद्योग व्यवसायका लागि पूर्वाधार तयार गरी सहज बनाउने उद्देश्यले औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम जस्ता नाममा जग्गा छुट्याई पनि उल्लेख्य काम हुन सकेको छैन । वर्षौदेखि त्यस्ता क्षेत्र घोषणा गरिए पनि अपेक्षा अनुरुप काम हुन सकेको छैन । यसले गर्दा उद्योगहरु फस्टाउने वातावरण बन्न सकेको छैन ।  भारतीय लगानीमा सप्तरीको राजविराजमा स्थापना भएको २२ वर्ष वितिसक्दा पनि औद्योगिक क्षेत्रमा उद्योग फस्टाउन सकेको छैन । लगानीका लागि प्रतिकूल वातावरण कच्चा पदार्थ अभाव, बिजुली आदि समस्या समाधान हुन नसक्दा औद्योगिक क्षेत्र फस्टाउन नसकेको हो ।

सप्तरी सदरमुकाम राजविराजबाट चार किलोमिटर उत्तर मलेठ गाउँमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक भारत सरकारको सहयोगमा २०४४ मा स्थापना भएको थियो । २२ विघा खेती योग्य जमिन मासेर निर्माण गरिएको औद्योगिक क्षेत्रमा १० साना उद्योग संचालन गर्न सकिन्छ । करिब १० करोड रुपैयाँ लगानीमा बनेपछि ०५१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि यस औद्योगिक क्षेत्रको संचालन तथा मर्मत सम्भारको जिम्मेवारी सरकारमा स¥यो । औद्योगिक क्षेत्रमा उद्योग त संचालन हनु सकने, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मनोज कुमार मुन्धडाले भने ‘यहाँ कर्मचारी पाल्ने काम भईरहेको छ । उद्योग संचालन नहुँदा संरचनाहरु मर्मत अभावमा जीर्ण बन्दै गएका छन् ।
राजविराज औद्योगिक क्षेत्रको नाममा स्थापना भए पनि मधेश आन्दोलनपछि सरकारले यसलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भनी नामकारण गरेको छ । ‘गजेन्द्र बाबुको नाममा नामाकरण गर्नु ठूलो होइन, मृत प्रायः भईसकेको यस क्षेत्रमा लगानी बढाउन र उद्योग संचालन गराउने वातावरण बनाउनु ठूलो कुार हो’ जिल्लाका अगुवा व्यापारी थानसिंह भन्सालीले भने । २२ विघा क्षेत्रफल ओेगटेको यहाँ १० विघामा संरचना निर्माण भएको छ ।
उद्योग विकास हुँदै जाँदा बाँकी १२ विघा जग्गामा पनि थप उद्योग संचालन गर्न संरचना बनाई दिने भारतीय पक्षले सहमति जनाएको थियो ।
यस भित्र बैंक भवन, हुलास, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस विद्युत् टेलिफोन लागयत सुविधा उपलब्ध गराउने गरी ३ हजार ८० स्क्वाइर फिट क्षेत्रफल भएको १० उद्योग संचालनका लागि भौतिक संरचना निर्माण भएको छ । हाल उद्योग संचालनमा नरहे पनि यहाँ एक जना कार्यालय प्रमुख सहित १० जना कर्मचारीको दरबन्दी छ ।
औद्योगिक क्षेत्रका प्रमुख मो. बसिर मियाँले औद्योगिक क्षेत्र संचालन वापत आम्दानी एक रुपैयाँ नरहेको उल्लेख गर्र्दै कर्मचारीको तलब, अन्य सुविधा र बिजुली टेलिफोन, स्टेशनरी  वापत महनिाको करिब ४ लाख खर्च भईरहेको जनाए । औद्योगिक क्षेत्र निर्माण भएपछि फटफुट रुपमा उद्योगहरु संचलनमा आए पनि दिगो हुन सकेन उनले भने लगानी मैले वातवारण तथा कच्चा पदार्थको उपलब्धमा समस्या हुने गरेको छ ।’

भारतीय नाका हुँदै ल्याइने कच्चा पदार्थ र यहाँको उत्पादनलाई बजारसम्म पु¥याउने महँगो पदार्थ मूल्यमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको उद्योग फस्टाउन नसकेको उद्योगपति सीताराम कावराले बताए । उनले भने, भौतिक पूर्वाधार निर्माण गरेर मात्र पुग्दैन, यस्ता पूर्वाधारको लगानी गर्दा बच्चा पदार्थको सहज उपलब्धता, ढुवानीमा कम लगानी र उत्पादनलाई बजार पु¥याउन सहज बाटोमा ध्यान पुग्नु आवश्यक हुन्छ ।

सप्तरीसँग जोडिएका नाका कुनौली तथा सिरहासँग जोडिएको सडक सिरहाको माडरसँग जोडिएको सडकको दुराव्यवस्था र सिमानामा छोटी भन्सार भएकोले यस औद्योगिक क्षेत्रको लागि कच्चा पदार्थ ल्याउन पूर्वमा जोगबनी नाका र पश्चिममा बिरगंज नाकाको भरपर्नु पर्ने अवस्था छ । यसरी त्यस नाकाबाट भित्रिने कच्च पदार्थ दुहबी करीडोर बिरगंज करीडोरमा संचालित उद्योगहरुलाई सस्तो पर्छ भने राजविराजलाई महँगो पर्न जान्छ । यस्तै राजविराजमा उत्पादन भएका तयारी समानका लागि पनि ठूला बजार विराटनगर र विरगंज नै हो । यहाँका उत्पादनलाई त्यहाँसम्म पु¥याउन ढुवानी खर्च बढी लाग्ने र बीरगंज तथा दुबहबी करीडोरका उत्पादनसँग मुल्यमा प्रतिस्पर्धा गर्ने अवस्था रहँदैन त्यसैले पनि राजविराजको औद्योगिक क्षेत्रमा उद्योग लाग्न नसकेको र संचालनमा आएका उद्योगहरु टिक्न नसकेको उद्योग वाणिज्य महासंघका पूर्वाञ्चल उपाध्यक्ष किशोर प्रधान बताउँछन् ।