अमेरिकी डाक्टरको सहयोगमा वृहत स्वास्थ्य शिविर हुने

27484827_10211267779678100_1251467634_oलायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ४–सी र कैलाश मेडिकल फाउण्डेसनको संयुक्त आयोजनामा सप्तरीको तिलाठीमा सप्तरी र आसपासका जिल्लालाई लक्षित गरी वृहद स्वास्थ्य शिवीर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य शिविर संचालन सम्बन्धमा गठित मिडिया संयोजक सचिन पोखरेलले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गरी यसको वारेमा जानकारी दिएका हुन् । २०७५ वैशाख ३ र ४ गते सप्तरीको तिलाठिमा हुने शीविरमा अमेरिकाबाट १३ सदस्यिय विशेषज्ञ डाक्टर र नेपाल स्थित चिकित्सकिय टोलीले विरामीहरुको चेकजाँच गर्नेछन् ।

पत्रकार सम्मेलनमा  लायन्स क्लव काठमाण्डौं हाईका अध्यक्ष मनोज सापकोटा, गोरखापत्रका कार्यकारी सम्पादक तथा लायन्स शिव भट्टराई समेतको उपस्थिति रहेको थियो ।

27399157_10211267778518071_770095808_o शीविरमा शरीरको पुर्ण स्वास्थ्य परिक्षणलगायत फिजीसियन सेवा तथा दाँत सम्वन्धि सम्पुर्ण उपचार र सेवाहरु प्रदान गरिने छ । औषधि पनि निशुल्क वितरण गरिने पोखरेलले वताए । शीविरका लागि स्थानीय तह, विभिन्न संघसंस्था र सरकारी निकायसँग समन्वय गरिने उनले वताए ।
२०७४ चैत २९ र ३० गते सोही प्रकारको शीविर सुनसरीको ईटहरीमा पनि हुने मिडिया संयोजक पोखरेलले वताए ।

१५ वर्षदेखि अमेरीकाको क्यालिफोर्नियामा रहेका ईटहरी निवासी राजेन थापाको एक्लो पहलमा शिवीरको आयोजना गर्न लागिएको हो । थापा लायन्स क्लव ईन्टरनेशनल, डिष्ट्रिक ४–सि अमेरिकाका डिष्ट्रिक गभर्नर हुन् । टोलीले अाजै सप्तरीका प्रजिअ भगिरथ पाण्डेलाइ भेटेर शिविर बारे जानकारी गराएका छन ।