अमेरिकामा मुस्लिम धर्म गुरु सहित दुईको जना हत्या

1अमेरिकामा सडकमा हिडिरहेको अबश्थामा मुस्लिम धर्म गुरु सहित दुई जनालाई गोली हानी हत्या गरिएको छ । अज्ञात ब्यक्तिले ५५ वर्षीय धर्म गुरु इमाम मौलामा एकोन्जी  र  उनका सहयोगी ६४ बर्षिय थारा उद्दितको न्यूयोर्कको सडकमा हिडिरहेका बेला गोली हानी हत्या गरिएको हो ।

 इमाम दुई वर्ष पहिलेमात्र बंगलादेशबाट अमेरिका गएका हुन् । यसैबीच उनीहरुको हत्या भएको न्यूयोर्कको बंगलादेशी बाहुल ओजोन पार्क क्षेत्रमा बन्दूक लिएका एक व्यक्तिलाई भाग्दै गरेको देखिएपनि प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । अमेरिकी मुसलमानले घटनालाई ‘हेट क्राइम’ बताएका छन् ।

यता तथाकथित इस्लामिक स्टेटले मानव ढालका रुपमा प्रयोग गर्दै आएको सिरियाको उत्तरी शहर म्यानबिजका बासिन्दाहरु मुक्त भएका छन् । अमेरिकाले साथ दिएको सिरियन डेमोक्रेटिक फोर्सेजले म्यानबिज शहरमाथि कब्जा गरेपछि म्यानबिजका बासिन्दा मुक्त भएका हुन ।

सिरियन डेमोक्रेटिक फोर्सेजले शहर कब्जा गरेपछि त्यहाँबाट आइएसका लडाकुहरु टर्कीको सीमासँग जोडिएको आइएस नियन्त्रित उत्तर पूर्वी जाराब्लस शहरतर्फ भागेका छन् । म्यानबिज मुक्त भएसँगै आइएसका सदस्यहरु सजिलैसँग युरोपबाट आउन र त्यता जान रोकिने बताइएको छ । सिरियाभित्र र बाहिरबाट गतिविधि सञ्चालन गर्न र हतियार ओसारपसार गर्नका निम्ति म्यानबिज महत्वपूर्ण मार्ग बनेको थियो । घेराबन्दीमा रहेको दोस्रो शहर एलेप्पो र आइएसको राजधानी राक्का पुग्न त्यहीं बाटो भएर जानुपर्ने हुन्छ ।

शहरबाट आइएस लडाकुहरुलाई धपाइएपछि म्यानबिजका बासिन्दाहरु सडकमा निस्केर खुसियाली मनाएका छन । लडाकुहरुले बलजफ्ती दाह्री पाल्न लगाएको भन्दै पुरुषले दाह्री काटेको र केही महिलाहरुले आफ्ना बुर्का जलाएका छन । अमेरिका समर्थित कुर्दिश र अरब लडाकुहरुले टर्कीको सीमादेखि नजिक पर्ने म्यानबिज शहरलाई आइएसबाट नियन्त्रण मुक्त गराउनका निम्ति ७३ दिन लडाइँ गरेका थिए ।एजेनसी