अब सांसदको तलब ५५ हजार

downloadसरकारले सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मंगलबार कानुन मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।

सांसदहरुको सेवा सुविधा सम्बन्धी दुई हजार बाउन्न सालको ऐन पहिलो पटक संशोधन हुन लागेको हो । सरकारले यसअघि सेवा सुविधा राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्दै आएको थियो ।

कानुनी रुपमा सुविधा बढाउने गरी पहिलोपटक विधेयक ल्याइएको हो । विधेयक अनुसार अब सांसदहरुको मासिक तलब ५५ हजार हुनेछ । मासिक तलब बाहेक घरभाडा, सचिवालय खर्च, धारा, पानी बिजुलीको रकम पनि सांसदहरुले पाउनेछन् ।