अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन : राजदुत पुरी

Manjeev-Singh-Puri-नेपालका लागि भारतीय राजदुत मंजीव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र साथ रहने बताएका छन् ।

भारतको ६९औं गणतन्त्र दिवसको अवसरमा राजधानीमा विहीबार आयोजित एक कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपाल–भारत सम्बन्ध सु–मधुर र विशिष्ट रहेको बताउँदै भारतले नयाँ सरकारसँग प्रगाढ सम्बन्ध राखेर अछि बढ्न चाहेको बताए ।

उनले द्विपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हुने भएको भारतले नेपालको उन्नती र प्रगतिको लागि सदैव साथ दिने बताए ।
भारतले तिनै तहको निर्वाचन पछि बन्न लागेको नयाँ सरकारलाई आफू जस्तो सुकै सहयोग गर्र्न तयार रहेको जनाइ सकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत एमाले अध्यक्ष केपी ओली सँग फोन सम्वाद गरेर त्यसको संकेत गरिसकेको छ ।

Republic-Day-Supplement-Nepali copyनेपालमा हालै जारी भएको बहुदलीय लोकतान्त्रिक गणतन्त्रत्रात्मक संविधान कार्यान्वयनका लागि यो निर्वाचन खुडकिलो भएको राजदुत पुरीले बताए । राजदुत पुरीले भने –‘नेपाल भारत दुवै एक अर्का बीच विनविनको सहकार्यताको आधारमा आर्थिक सहकार्य अगाडी बढाउनु पर्छ । आगामी दिनमा दुई देशको आर्थिक साझेदारीलाई बढावा दिँदै अघि बढ्नुपर्छ ।’

एस प्रसंगमा उनले नेपालमा उत्पादन भएको अदुवामा समस्या नरहेको बताउँदै खुला सिमाना र स्वतन्त्र आउजाउ रहेको भए पनि व्यापारको पक्षमा भएका सम्झौता अनुसार चल्न सक्नुपर्ने दायित्व पनि नेपाली व्यापारीहरुको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रध्यापकहरुले पनि नेपाल भारतको सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर  जानुपर्ने औल्याएका थिए ।

विस्तृत विवरणको लागि तलको लि‌कमा किलिक गर्नुहोला ।

Republic-Day-Supplement-Nepali