अफगानिस्तानमा १० प्रहरीको गोली हानी हत्या

afghan-police-kabu_2193963bअफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या गरेका छन् । बिद्रोहीसँग मिलेको आरोप लागेका प्रहरी जवानले गोली हानी आफ्नै सहकर्मीको हत्या गरेको अफगानिस्तानका सरकारी अधिकारीले जनाएका छन् ।

ती प्रहरी जवानले पहिले लागु औषध सेवन गरेको र त्यसपछि सहकर्मीमाथि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या गरिएका प्रहरी जवानका हतियार लिएर गोली हान्ने प्रहरी भागेको र उनको खोजी भइरहेको अफगान प्रहरीले जनाएको छ ।ती प्रहरी जवान तालिबान बिद्रोहीको गुप्तचर भएको हुन सक्ने आशंका गरिएको छ ।

अफगान प्रहरीमा आन्तरिक रुपमा हुने यस किसिमका आक्रमण निकै खतरनाक रुपमा छ । अहिलेसम्म एक सय भन्दा धेरै अफगान तथा अन्तर्रा्ष्ट्रिय सुरक्षकर्मीको यस किसिमको आक्रमणमा ज्यान गएको छ ।