अन्तर्राष्ट्रिय कुश्ती (दंगल) प्रतियोगिता तिलाठीमा

kusti tilathi (1)सप्तरीको तिलाठीमा सरस्वती पुजा समिती तिलाठीले आयोजना गरेको तीन दिवशीय अन्तर्राष्ट्रिय कुश्ती (दंगल) आजदेखि सुरु भएको छ ।
२०४२ सालको राजदरवार बम काण्डका नाइके सहिद सांकेत चन्द्र मिश्रको समझना स्वरुप आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल–भारतका ८० जना कुश्तीवाज खेलाडीहरुको सहभागीता रहेको छ । मिश्रलाइ हालसम्म राज्यले शहिद घोषणा गरेको छैन ।
खेलमा भारत विहारको विहार केसरी, चन्द्रदेव यादव लगायत चन्ढीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा र दरभंगा गरी कुल ८० जना कुश्तीवाज खेलाडीमध्ये २० जना महिला कुश्ती खेलाडी रहेका छन् भने नेपालको बारा, पर्सा, रौतहट, सिरहा, कपिलवस्तु, मोरङ्ग, सुनसरी र सप्तरीका खेलाडीहरुको सहभागीता रहेका छन्। kusti tilathi (2)
आज विहान भएको खेलमा विहार केसरी र वाराका नरेश गिरी, तथा सिरहा कृष्णदेव यादव र भारत राजस्थानकी सुश्मा यादव र विहार सहरसाकी चन्द्रीका यादवबीच रोमाञ्चक खेल भईरहेको छ ।