अन्ततः सुनसरी ३ मा गच्छदार

सुनसरीको क्षेत्र नम्वर ३ को प्रतिनीधिसभा सदस्यमा बुधबार निर्वाचित गच्छदार
सुनसरीको क्षेत्र नम्वर ३ को प्रतिनीधिसभा सदस्यमा बुधबार निर्वाचित गच्छदार

सुनसरी क्षेत्र नम्वर-३ मा नेपाली कांग्रेसले बाजी मारेको छ । सुरुवाती अवस्था देखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुत क्रमश मतान्तर घटाएका बिजय गच्छदारले अन्नततः ३ सय २१ मतले जित हात हात परेका हुन् । गच्छदारले अविजित छैठौ पटक सुनसरीबाट आफ्नो जित यात्रालाई कायम राख्दै प्रनिनिधि सभा तर्फ ३८ हजार ९ सय ७२ मत ल्याई बिजयी हुनुभएको हो ।

२०४८ सालदेखि सुनसरीमा चुनाव लडदै आएका गच्छदार यसपाली छैठौ पटक जित यात्रालाई कायम राख्न सफल हुनुभएको हो । गच्छदार नेपालको राजनीतिकमा सबै भन्दा शक्तीशाली थारु समूदायको नेताको रुपमा रहनुभएको र ३ पटक काग्रेसबाटै जितेका गच्छदार दुई पटक फोरमबाट र यसपालीको चुनावमा फेरी काग्रेसबाटै जित हासिल गर्नुभएको हो ।

दोसा्रे संविधानसभा निर्वाचनमा निकटतम प्रतिद्धन्दी रहेकी भगवती चौधरीलाई फेरी पनि झिनो मतान्तरले पराजित गर्दै काग्रेसको साख जोगाएको काग्रेसीहरुले बताएका छन् । गच्छदार विजय हुदा उँहाका निकटतम प्रतिद्धन्द्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको छ । दोश्रो संविधान सभा निर्वाचनमा चौधरी १५० मतले पारजित भएकी थिइन। 

गच्छदारले दुवै चुनावमा झीनो मतान्तरले चौधरीलाई पछाडि पार्दै आफ्नो अविजित यात्रालाई कायम गर्न सफल हुनुभएको हो । गच्छदारले नेपालको समग्र विकाससँगै सुनसरीको महत्वपूर्ण योगदान गरेकाले जनताबाट पत्याउने नेता मध्ये एकको शिखरमा पर्न सफल हुनुभएको हो । गच्छदार निर्वाचित भएपछि जिल्लाको सबै बाटो कालोपत्रे गर्ने जनतालाई आश्वासन दिनुभएको थियो तर बाम गठबन्धनको सरकार बनेपछि सम्भव गर्न सक्ने नसक्ने उँहाका लागि चुनौति पनि देखिएको यस क्षेृत्रका मतदतताहरुले बताएका छन । गच्छदारलाई यस क्षेृत्रका मतदाताहरुले काग्रेसको नेता मात्र नभई थारु र समग्र मधेसका नेता भन्दै मतदान गरेको बर्जू गाउपालिककाका अध्यक्ष रघुनाथ चौधरीले बताउनुभयो ।

गच्छदारको जीतसँगै प्रतिनिधिसभामा कांग्रेस धेरै सिट जित्ने पार्टी दर्ज भएको छ । प्रतिनिधिसभामा चार क्षेत्रमध्ये कांग्रेसले तीन स्थान जितेको छ भने एमाले एक स्थानमा सीमित भएको छ । प्रदेशसभाका ८ क्षेत्रमध्ये एमालेले ५ र कांग्रेसले तीन सिट जितेको छ ।