अख्तियारद्वारा मालपोतका नासु घुस लिँदै रंगे हात पक्राउ, कार्यालय प्रमुख दास फरार

घुस दिने यादव यादव अगाडी र घुस दिने साह प्रहरी पछाडी चश्मा लगाएकाे ।
घुस दिने यादव यादव अगाडी र घुस दिने साह प्रहरी पछाडी चश्मा लगाएकाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय टोलीले घुस लिँदै गरेको अवस्थामा मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई आज रङ्गेहात पक्राउ गरेका छन् । भने कार्यालय मालपोत प्रमुख सरयुग दास फरार भएका छन् ।

आयोगको पुर्वाञ्चल सम्पर्क कार्यालय ईटहरीबाट शाखा अधिकृत गोकुल निरौलाको नेतृत्वको टोलीले मालपोतका नायव सुब्वा राजेन्द्र साहलाई ५० हजार घुस सहित पक्राउ गरेको हो । जग्गा सम्वन्धि (हकसाफी) मुद्दामा प्रतिवादी रहेका राजविराज ५ निवासी अम्वर कुमार यादवलाई मुद्दा जिताईदिने भन्दै ५० हजार रुपैयाँ घुस लिए लगत्तै साह पक्राउ परेका हुन् ।

मुचुल्का उठाउँदै अखि्यारका कर्मचारीहरु ।
मुचुल्का उठाउँदै अखि्यारका कर्मचारीहरु ।

घुस लेनदेनको आशंकामा आफुहरुले विगत चार दिनदेखि निगरानी गर्दै आएकोमा शुक्रवार घुसको रकम बुझे लगत्तै साहलाई पक्राउ गरिएको अख्तियारका अधिकृत निरौलाले सञ्चारकर्मीहरुलाई वताउनुभयो । साहलाई तत्काल ईटहरी लगि मुद्दा पेश गरी अख्तियारको टंगाल स्थित केन्द्रिय कार्यालय लगिने निरौलाले जानकारी दिनुभयो ।

उक्त कार्यालयमा सरयुग दासले वर्षौदेखि सर्वसाधारणलाई दुःख दिने गरेको समाचार पटक–पटक सार्वजनिक हुँदै आएको छ । कार्यालय प्रमुख दासले केही दिन अगाडी सिम्राराहा सिंगियौनका एक जना व्यक्तिको २ करोड मुल्य पर्ने जग्गा अर्कैको नाममा पास गरेको यस अनलाइनमा रहस्य सार्वजनिक भएको थियो ।

कार्यालय प्रमुख दासकै निर्देशनमा त्यहाँ कार्यरत कर्मचारीहरुले दैनिक २५ देखि ५० हजारसम्म संकलन गरी बेलुकी बाँडफाँड गर्दै आईरहेको थियो । मालपोत कार्यालय सप्तरीमा अनियमितता र भ्रष्टाचारबारे विभिन्न संचार माध्यममा समाचार सम्प्रेशन हुन थालेपछि अख्तियार सक्रिय भएको हो ।

अखि्त्यारले छपामार मारेपछि सुनसान कार्यालय प्रमुख दासकाे चेयर ।
अखि्त्यारले छपामार मारेपछि सुनसान कार्यालय प्रमुख दासकाे चेयर

इटहरी स्थित आयोगको पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले जनतालाई दुःख दिई अकुत सम्पती आर्जन गर्ने जो कोहीलाई अख्तियारले कारवाही गर्ने जागरणलाई बताए ।