अखिल तराई मुक्ति मोर्चा : श्रद्धान्जली

goitअखिल तराई मुक्ति मोर्चा

केन्द्रिय कार्य समिति

स्था.२०६१

श्रद्धान्जली

नेपालमा लोकतान्त्रिक शासन आगमणपछि पनि नेपाल प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्ने मधेशीलाई गोली ठोकी हत्या गर्ने गरेको छ । २०६३ पुसमा तत्कालीन नेपाल सद्भावना पार्टी (आनन्दी देवी)ले नेपालको अन्तरिम संविधान २०६३ मा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतका राजनीतिक माँग राखि मधेशमा शान्तिपूर्ण आन्दोलन ग¥यो । त्यस शान्तिपूर्ण आन्दोलनकै क्रममा नेपालगञ्जमा नेपाली प्रहरी–प्रशासनले कफ्र्यू लगाएर मधेशीमाथि बर्बरतापूर्ण ज्यादती मात्र गरेन । नेपाल प्रहरीले कमल गिरीको हत्या समेत गरे वापत “नेपाल प्रहरी – जिन्दावाद ” नाराद्वारा शावसी पाए ।

२०६३ माघमा मधेशी जनअधिकार फोरम, नेपालले अन्तरिम नेपाल सरकारले ‘नेपालको अन्तरिम संविधान २०६३’ मा जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नगरि अन्तरिम संसदबाट पारित गरि जारी गरिएको विरोधमा एघार बुँदे राजनीतिक माँग राखि मधेशमा शान्तिपूर्ण आन्दोलन ग¥यो । त्यस आन्दोलनमा  सशस्त्र प्रहरी समेतले पचास भन्दा बढी निशस्त्र मधेशीलाई नृशंस हत्या गरियो । पचासौं मधेशीलाई अंगभंग र लगभग पाँच सय मधेशीलाई गम्भीर घाइते बनाइयो ।

नेपालका लोकतान्त्रिक सरकारले तराईका सशस्त्र विद्रोहीहरुलाई नियन्त्रण गर्ने नाममा गैरन्यायिक हत्या गरी रहेको संयुक्त राष्ट्रसंघले प्रतिवेदन नै सार्वजनिक गरिएको छ । तराईमा नेपाली सुरक्षा बलद्वारा २८३ मधेशीको गैरन्यायिक हत्या भएको प्रतिवेदन मानव अधिकारकर्मीहरुले नेपाल सरकारलाई बुझाएकोछ ।

नेपाली राज्य सत्ताले मधेशीहरुको शान्तिपूर्ण राजनीतिक आन्दोलनको सबै ढोकाहरु मात्र बन्द गरेको छैन् । कृषिप्रधान मधेशका मधेशी मल माग्दा बन्दूकको गोली दिन्छ । सडक माग्दा लठी र बन्दूकको गोली दिएको छ । हामी घाइते महमद हवारी लगायतका शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । सशस्त्र प्रहरीको गोलीका शिकार जयनारायण पटेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।  साथै वहाँको शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

मिति २०७१ असोज २६ गते ।                                               (जयकृष्ण गोइत)

संयोजक

केन्द्रिय कार्य समिति

अखिल तराई मुक्ति मोर्चा